पनौतीका दुई वडामा ४ विपन्न परिवारलाई पक्की घर हस्तान्तरण

नौलो समाचार संवाददाता
२०७८ श्रावण ५, मंगलबार मा प्रकाशित १०१८ पटक पढिएको

पनौतीका दुई वडामा ४ विपन्न परिवारलाई पक्की घर हस्तान्तरण

साउन ५, काभ्रे। पनौती नगरपालिकाका दुई वडाका ४ विपन्न परिवारलाई पक्की घर हस्तान्तरण गरिएको छ। आर्थिक अभावका कारण भुकम्पमा क्षति पुगेका निजी आवास भवन निर्माण गर्न नसकेका पनौतीका वडा नम्बर ६ का तिन परिवार तथा वडा नम्बर १० मा १ बिपन्न  परिवारलाई पक्कि घर निर्माण गरेर हस्तान्तरण गरिएको हो।

पनौती नगरपालिकाको समन्वयमा शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस नेपालको साझेदारीमा सञ्चालित काभ्रे पुर्नलाभ तथा पुर्नउत्थान परियोजना अन्तरगत निर्माण भएका ४ वटा घरहरु आज (मंगलबार) पनौती नगरपालिका वडा नम्बर ६ मा मैया खड्का, शुसिला ढुंगाना र बोल कुमारी गजुरेल तथा वडा नम्बर १० मा सुलोचना श्रेष्ठलाई दुई कोठे पक्कि घर निर्माण गरी हस्तान्तरण गरिएको हो।

पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, ६ नम्बर वडा अध्यक्ष सुधिर सापकोटा, शान्ति जनआर्दश सेवा केन्द्रका अध्यक्ष शंखबुद्ध लामा, वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारीले विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर हस्तान्तर गर्नुभएको हो।

कार्यक्रममा बोल्दै नगरप्रमुख भिम न्यौपानेले बास्तविक आर्थिक रुपले बिपन्न परिवारले घर पाएकोमा आफु निकै खुसि रहेको बताउदै आगामी दिनमा पनि शान्ति जनआर्दश सेवा केन्द्रसंगको सहकार्य निरन्तर चलिरहने उल्लेख गर्नुभयो।

६ नम्बर वडा अध्यक्ष सुधिर सापकोटा, वडा नम्बर १० का अध्यक्ष मोहनबहादुर भण्डारीले शान्ति जनआर्दश सेवा केन्द्र र सिआरएस प्रति आभार प्रकट गर्नुभयो। उहाँहरुले भुकम्पले घर भत्किएर पनि बनाउनै नसक्ने परिवार छानेर घर बनाइदिएकोमा सस्थालाई धन्यवाद दिनुभयो।

शान्ति जनआदर्श सेवा केन्द्र र सि आर एस नेपालको साझेदारीमा संचालित काभ्रे पुनर्लाभ पुनउत्थान परियोजनाले पनौती नगरपालिकाका १६ संकटासन्न परिवार, रोशी र तेमाल गाउँपालिकाका १३/१३ घर निर्माण गरिदिएको शान्ति जनआदर्श सेवा केन्द्रका अध्यक्ष शङखबुद्द लामाले जानकारी दिनुभयो।

काभ्रे पुनर्लाभ पुनउत्थान परियोजनाका प्राबिधिक प्रमुख दीपेश निरौलाले काभ्रेका पनौती नगरपालिका, रोशी र तेमाल गाउँपालिकाका भुकम्पले भत्किएका घर निर्माण गर्न नसक्ने ४२ घर निर्माण गरिएको बताउनुभयो । उक्त एक घर निर्माणमा ६ लाखसम्म लागेको निरौलाले जानकारी दिनुभयो । उक्त परियोजनाले घरनिर्माण सुरु गरेका तर सम्पन्न गर्न नसकेका २८५ परिवारलाई यातायात, निर्माण सामग्री र ज्यालामा सहयोग गर्दै आएको जनाएको छ ।

यस्तै, परियोजनाले पनौती, रोशी र तेमालमा ९ वटा खानेपानी आयोजना संचालन गर्ने भएको छ । त्यसका लागि प्रतियोजना १७ लाख ८५ हजार रहेको छ ।

कार्यक्रमा शान्ति जनआर्दश सेवा केन्द्रका उपाध्यक्ष इश्वरी ओझा लगाएत प्रतिनिधिहरु, सीआरसी नेपालका प्रोजेक्ट मेनेजर रमेश अधिकारी लगायत प्रतिनिधिहरु, स्थानीय जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायतको उपस्थिति रहेको थियो।


 


प्रतिक्रिया दिनुहोस