देशभर थपिए २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण ६, बुधबार मा प्रकाशित ५०४ पटक पढिएको
देशभर थपिए २८ सय ३८ संक्रमित, ३० जनाको मृत्यु

साउन ६, काठमाडौ। नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयले आज गरेको प्रेस व्रिफिङ्मा मन्त्रालयका सह प्रवक्ता डा.समिर अधिकारीले पीसीआर र एन्टिजिन गरी १२ हजार ६ सय १६ जनामा भएको परीक्षणमा २२ दशमलव ५० प्रतिशतमा संक्रमण देखिएको जानकारी दिनुभयो।

काठमाडौ उपत्यकामा ६ सय ९७ जनामा संक्रमण देखिएको छ । काठमाडौका ४ सय ९०, ललितपुरका १ सय २८ र भक्तपुरका ७९ जना रहेका छन् ।

नेपालमा केही दिन यता संक्रमितको संख्या उकालो लाग्न थालेको छ भने उपत्यकामा समेत उल्लेख रुपमा संक्रमित बढिरहेका छन् । यस अवधिमा १४ सय ५८ जनाले संक्रमण जितेका छन् । यो सँगै देशभर ७ लाख २४ हजार ४ सय ५५ जनामा संक्रमण देखिएको छ ।

संक्रमित मध्य ६ लाख ३६ हजार ४ सय ३ जना निको भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । योसँगै संक्रमणका कारण देशभर ९ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ । हाल देशभर २६ हजार ८ सय ३२ जना सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस