काभ्रेमा आज २० जना थपिए नयाँ संक्रमित, ११ डिस्चार्ज

४ हजार ६९६ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण ६, बुधबार मा प्रकाशित ६१२ पटक पढिएको
काभ्रेमा आज २० जना थपिए नयाँ संक्रमित, ११ डिस्चार्ज

साउन ६ , काभ्रे। काभ्रेमा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। आज (बुधबार) जिल्लाभर २० जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो। यस्तै आजै ११ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्।

यस्तै आज जिल्लामा ५७९ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेल १३७ जना, पनौतीमा १३२, बनेपामा ११५, पाँचखालमा ९६, नमोबुद्धमा ४०, रोशी गाउँपालिकामा १६, मण्डनदेउपुरमा १० जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका २० संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ७ जना, धुलिखेल ३, पनौतीमा १, मण्डनदेउपुरमा ५, नमोबुद्धमा १ जना तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ३ जना जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ०३८ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट काभ्रेमा १ जनाको मृत्यु भएको छ। पाँचखाल नगरपालिकाका ५९ वर्षीय पुरुषको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

४६९६ जनाले लगाए खोप

पाचौ चरणको खोप कार्यक्रमा अन्तर्गत काभ्रेमा आज ४ हजार ६९६ जनाले जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस