पाँचखालबाट ९ दिनदेखि ‘सुमन’ सम्पर्कविहीन, खोजीका लागि श्रीमतीको गुहार

नौलो समाचार संवाददाता
२०७८ श्रावण ९, शनिबार मा प्रकाशित ४३९४ पटक पढिएको
पाँचखालबाट ९ दिनदेखि ‘सुमन’ सम्पर्कविहीन, खोजीका लागि श्रीमतीको गुहार

साउन ९, काभ्रे। काभ्रेको पाँचखाल नगरपालिका-६ का सुमन ढुङगाना ९ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

३६ वर्षीय सुमन गत असार ३१ गतेदेखि सम्पर्कविहीन भएपछी खोजी गरी दिन श्रीमती सम्झना ढुङगानाले प्रहरी चौकी पाँचखालमा निवेदन दिएकी छिन् । उनले प्रहरी चौकी पाँचखालमा निवेदन दिँदै खोजीका लागि गुहार मागेकी हुन् ।

श्रीमानको उचाइ ५ फिट भएको, गहुँगोरो वर्ण र पातलो जीउडालको बताउदै यस्तो व्यक्ति कोहि कसैले कतै भेटे देखेमा नजिकैको प्रहरी चैकीमा खबर गरिदिन पनि उनले आग्रह गरेकी छिन् ।

यस्तै फोन नम्बर ९८४९-३४३२०८ मा खबर गरिदिन पनि भनिएको छ ।

घरमा कसैलाई जानकारी नदिएर असार ३१ गते सम्पर्कविहीन भएका सुमन ढुङगाना अहिलेसम्म सम्पर्कमा नआएको निवेदनमा उल्लेख गरिएको छ ।

निवेदनमा अगाडि भनिएको छ, ‘कसैलाई केही नभनेर गएको, कहाँ गएको, किन गएको, केही पनि थाहा नभएको, आफन्तको घरमा नभएको हुँदा खोजी गरी पाउँ भनी यो निवेदन पेश गरेको छु ।’ ५ फिट उचाइ भएको, गहुँगोरो वर्ण र तातलो जीउडालको व्यक्त भेटिएमा खबर गरिदिन पनि आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस