तेमालमा विद्यालय खुलाउने तयारी

नौलो समाचार संवाददाता
२०७८ श्रावण ९, शनिबार मा प्रकाशित ८२० पटक पढिएको

तेमालमा विद्यालय खुलाउने तयारी

साउन ९, काभ्रे। काभ्रेको तेमाल गाउँपालिकाले विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ। लामो समयदेखि अबरुद्ध भएको विद्यालयको पठनपाठनलाई सुचारु गर्नका लागि संक्रमणको स्थितिको अबलोकन गरी स्वास्थ्य सम्बन्धि मापदण्ड तथा भौतिक तथा सामाजिक दुरी कायम गरी विद्यालय सुचारु गर्न सबै विद्यालयलाई निर्देशन दिईएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईंकेलले जानकारी दिनुभयो ।

प्रत्यक्ष रुपमा विद्यालय संञ्चालन गर्न कठिनाइ भएमा बैकल्पिक शैक्षिक सामाग्री तथा नेपाल सरकारवाट संञ्चालन भएका अनलाइन तथा अफलाइन बैकल्पिक शिक्षण सिकाईका विधिहरुको प्रयोग गर्न सकिने बताईएको छ ।

यस्तै टाढा बाट विद्यालयमा आउन बाँकी रहेका शिक्षकलाई कोभिड भ्याक्सिन तथा स्वास्थ्य परिक्षण लगायतका बिधि पुरा गरि तत्काल विद्यालयमा उपस्थित हुन गाँउपालिकाले निर्देशन दिएको छ ।

साथै गाउँपालिकावाट शिक्षक तथा विद्यार्थीलाई यूएसजी सेवा (कोभिड-१९ वैकल्पिक पठनपाठन) मा आबद्ध गर्न तथा विद्यालय स्वास्थ्य सुरक्षा सामाग्रीका लागि प्रत्येक विद्यालयको खातामा निकासा भएको रकमको भरपुर उपयोग गरी पठनपाठन संञ्चालन गर्न निर्देशन दिएको छ ।


प्रतिक्रिया दिनुहोस