काभ्रेमा आज ४१ जना डिस्चार्ज हुदा ४२ जना संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ श्रावण १०, आईतबार मा प्रकाशित ५२३ पटक पढिएको
काभ्रेमा आज ४१ जना डिस्चार्ज हुदा ४२ जना संक्रमित थपिए

साउन १०, काभ्रे। काभ्रेमा ४१ जना संक्रमित निको भएका छन्। आज (आईतबार) जिल्लाभर ४२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ६०९ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेलमा १४२ जना, बनेपामा १३९, पनौतीमा १२९,  पाँचखालमा ११३, नमोबुद्धमा ३९, तेमाल गाउँपालिकामा ११ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ४२ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १९ जना, धुलिखेलमा ९, पनौतीमा ३, पाँचखालमा २, नमोबुद्धमा १, रोशीमा १, भुम्लुमा १ जना तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ३, नमोबुद्धमा १, रोशीमा १, र तेमालामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार २५६ पुगेको कार्यालयले जनाएको छ।

१६४५ जनाले लगाए खोप 

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा १ हजार ६४५ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १५ हजार १९६ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस