काभ्रेमा आज १०९ जना संक्रमित थपिए, ९२ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ श्रावण ११, सोमबार मा प्रकाशित ६९७ पटक पढिएको
काभ्रेमा आज १०९ जना संक्रमित थपिए, ९२ जना निको भए

साउन ११, काभ्रे। काभ्रेमा १०९ जना संक्रमित थपिएका छन्। आज (सोमबार ) जिल्लाभर ९२ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ६२७ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौती नगरपालिकाभर १५६ जना, बनेपामा १२८, धुलिखेलमा १२७, पाँचखालमा १२७, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा १३ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि ८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका १०९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा १५ जना, धुलिखेलमा २३, पनौतीमा १५, मण्डनदेउपुर ८, पाँचखालमा ५, नमोबुद्धमा १, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा २३ जना, पाँचखालमा १७, रोशीमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार २६५ पुगेको कार्यालयले जनाएको छ।

९०८ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा ९०८ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १६ हजार १०४ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस