काभ्रेमा आज ७९ जना संक्रमित थपिए, ८५ जना निको भए

आज १४९३ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण १२, मंगलबार मा प्रकाशित ४३२ पटक पढिएको
काभ्रेमा आज ७९ जना संक्रमित थपिए, ८५ जना निको भए

साउन १२, काभ्रे। काभ्रेमा ७९ जना संक्रमित थपिएका छन्। आज (मंगलबार) जिल्लाभर ९२ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ६२१ जना सक्रिय संक्रमित रहेका छन्।

सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौती नगरपालिकाभर १५३ जना, धुलिखेलमा १३७, पाँचखालमा १२७, बनेपामा १०४, नमोबुद्धमा ३६, मण्डनदेउपुरमा २३ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि १२ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ७९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा नगरपालिकामा २२ जना, बनेपा ११, पनौतीमा ११, मण्डनदेउपुर १२, बेथानचोकमा २, रोशीमा १, तथा एन्टीजेन परिक्षणबाट पनौतीमा १५, जना, बेथानचोकमा २, रोशीमा २, पाँचखालमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ४४४ पुगेको कार्यालयले जनाएको छ।

१४९३ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा १ हजार ४९३ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १७ हजार ५९७ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस