पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

नौलो समाचार संवाददाता
२०७८ श्रावण १२, मंगलबार मा प्रकाशित ७५२ पटक पढिएको
पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

साउन १२, काभ्रे। पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ । ‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालीका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाण्डौंबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गर्नुभएको छ।

नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समाबेशी र सम्बृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिनुभयो।

पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उद्धेश्यले विभिन्न सात वटा बुँदालाई मुख्या आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलको भनाई छ ।

सम्झौता पत्रमा कार्य अनुभब भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फर्म/कम्पनीहरुसँग सम्भावित परामर्शदाता, निर्माणकर्ताको रुपमा रही कार्य गर्न परामर्शदाता र निर्माणकर्ताको पहिचान तथा प्रचलित खरिद व्यवस्था बमोजिम खरिद सम्झौतासम्मको कार्य गर्न सहयोग र सहकार्य गर्न नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न र राष्ट्रको द्रुत आर्थिक विकासलाई सहयोग पु¥याउन पूर्वाधार लगानीमा पर्याप्त विकास हुनु पर्ने आवश्यकतालाई ध्यानमा राखी पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘पाँचखाल नगरपालिकामा स्मार्ट सिटी निर्माण गर्ने’ कार्याक्रमलाई मुर्त रुप दिने जनाएको छ । सो परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राबिधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्न पक्षहरू आपसमा सहकार्य गर्न उल्लेख छ ।

नगरपालिकाको तर्फबाट नगरपालिकाले प्रस्तावित ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने सम्पूर्ण नीतिगत र कानूनी व्यवस्था गर्ने, तालुक निकायबाट आवश्यक नीतिगत एवं कानूनी स्वीकृति प्राप्त गर्ने तथा निफ्रालाई नगरपालिकाको तर्फबाट उक्त नीतिगत तथा कानूनी व्यवस्थाको अधिनमा रही स्वीकृति एवं सिफारिस प्रदान गर्ने, परियोजनाको अध्ययन, विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन तयारी, बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौट तथा वित्तीय श्रोतको व्यवस्थापन जस्ता कार्यहरु गर्न आवश्यक व्यवस्थापकीय सहयोग तथा समन्वय गर्ने र त्यसको लागि प्रस्तावित ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक पर्ने जग्गाको उपलव्धता तथा सोको एकीकरण गर्ने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने, स्थानीय सरकारको हैसियतले परियोजनाको सुरुवाती एवं निर्माणको चरणमा मध्यस्तकर्ता, विवाद समाधानकर्ता र समन्वयनकर्ताको भूमिका निर्वाह गर्ने तथा परियोजनासँग सम्बन्धित उपयुक्त मञ्चमा निफ्रालाई आमन्त्रित/सहभागी गर्ने गराउने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस