साउन १२, काभ्रे। पनौती नगरपालिकाले वडा नम्बर ८ मा लैनो गाई वितरण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को ससर्त तर्फ स्वीकृत गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० वटा लैनो गाई वितरण गरेको हो।
पनौतीका ३, ८ र १० वडालाई गाई प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ।
नगरपालिका र संघ सरकारको ८० प्रतिशत अनुदानमा लैनो गाई वितरण गरिएको हो ।
गाई वितरण कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, प्रमूख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत सहभागी हुनुभएको थियो ।
नगरपालिका वडा नम्बर ३ र ८ मा १६/१६ वटा लैनो गाई वितरण गरिएको छ । वडा नम्बर १० मा १४ वटा गाई वितरण गरिएको कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।
कुल लगातको २० प्रतिशत मात्रै किसानले बेहोरेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सापकोटाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस