पनौतीका ३ वडा गाई प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणा, ४० वटा लैनो गाई अनुदानमा वितरण

नौलो समाचार संवाददाता
२०७८ श्रावण १२, मंगलबार मा प्रकाशित ९९४ पटक पढिएको
पनौतीका ३ वडा गाई प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणा, ४० वटा लैनो गाई अनुदानमा वितरण

साउन १२, काभ्रे। पनौती नगरपालिकाले वडा नम्बर ८ मा लैनो गाई वितरण गरेको छ। आर्थिक वर्ष २०७७/७८ को ससर्त तर्फ स्वीकृत गाई प्रवर्द्धन कार्यक्रम अन्तर्गत ४० वटा लैनो गाई वितरण गरेको हो।

पनौतीका ३, ८ र १० वडालाई  गाई प्रवर्द्धनका लागि पकेट क्षेत्र घोषणा गरिएको छ।

नगरपालिका र संघ सरकारको ८० प्रतिशत अनुदानमा लैनो गाई वितरण गरिएको हो ।

गाई वितरण कार्यक्रममा नगर प्रमुख भिम न्यौपाने, प्रमूख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटा लगायत सहभागी हुनुभएको थियो ।

नगरपालिका वडा नम्बर ३ र ८ मा १६/१६ वटा लैनो गाई वितरण गरिएको छ । वडा नम्बर १० मा १४ वटा गाई वितरण गरिएको कृषी तथा पशुपंक्षी शाखा प्रमुख मणि प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

कुल लगातको २० प्रतिशत मात्रै किसानले बेहोरेको कृषि तथा पशुपन्छी शाखाका प्रमुख सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस