रोशी पिन्थलीबेशींमा टिपर दुर्घटना, एकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ श्रावण १३, बुधबार मा प्रकाशित ५८१ पटक पढिएको
रोशी पिन्थलीबेशींमा टिपर दुर्घटना, एकको मृत्यु

साउन १३, काभ्रे। रोशी गाउँपालिकाका वडा नम्बर-९ पिन्थलीबेशींमा टिपर दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रामेछापको सुनापती गाउँपालिका वडा नम्बर-५ का यशमणि मगरको मृत्यु भएको हो।

बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका वडा नम्बर-९ स्थित पिन्थलीबेँशी बुद्धबजारबाट अनियन्त्रित भई मिनीटिपर रोशी खोलामा खसेको थियो। दुर्घटनामा टिपरमा सवार अन्य दुई जना घाइते भएका छन् ।

मंगलबार अपरान्ह नार्केबाट मङगलटार तर्फ जादेँ गरेको बा ५ ख ४७०२ नम्वरको आईचर मिनिटिपर आफै अनियन्त्रीत भई सडक बाट रोशी खोलामा खसेको थियो ।

२ जना घाइतेको धुलिखेल अस्पतालमै उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस