मालपोत कार्यालय काभ्रेले आजबाट बार अनुसार सेवा दिने

नौलो समाचार संवाददाता
२०७८ श्रावण १३, बुधबार मा प्रकाशित १०३९ पटक पढिएको

मालपोत कार्यालय काभ्रेले आजबाट बार अनुसार सेवा दिने

साउन १३, काभ्रे। जिल्ला मालपोत कार्यालय काभ्रेले आजबाट बार तोकेर सेवा दिने भएको छ। मालपोत कार्यालय काभ्रेले एक सूचना जारी गर्दै कोभिड-१९ को रोकथामको लागी जारी निषेध आदेशको पालना गर्दै अर्को व्यवस्था नभएसम्म बार अनुसार जिल्लाका बिभिन्न पालिकाका सर्वसाधारणलाई सेवा दिने जनाएको हो।

कार्यालयले जारी गरेको सूचनामा आईतबार, मंगलबार र बिहिबार धुलिखेल, नमोबुद्ध र पाँचखाल नगरपालिकाका नागरिकलाई सेवा दिने जनाएको छ।

यस्तै, सोमबार. वुधबार र शुक्रबार पनौती, बनेपा र मण्डनदेउपुर नगरपालिकाका नागरिकलाई सेवा दिने जनाईएको छ।

जिल्ला मालपोत कार्यालय काभ्रेद्वारा जारी सूचना 


प्रतिक्रिया दिनुहोस