काभ्रेमा आज १०० जना संक्रमित थपिए, ५४ जना निको भए

१६९ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण १४, बिहिबार मा प्रकाशित ६७४ पटक पढिएको

काभ्रेमा आज १०० जना संक्रमित थपिए, ५४ जना निको भए

साउन १४, काभ्रे। काभ्रेमा १०० जना संक्रमित थपिएका छन्। आज (बिहिबार) जिल्लाभर ५४ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ६८८ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित पनौती नगरपालिकामा रहेका छन्। क्रमश: पनौती नगरपालिकाभर १६१ जना, धुलिखेलमा १५०, पाँचखालमा १४२, बनेपामा १२२, नमोबुद्धमा ४१, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि १७ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका १०० जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा नगरपालिकामा २० जना, बनेपा ९, पनौतीमा ७, पाँचखालमा १, रोशी गाउँपालिकामा १ जना, तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा २८, बनेपामा १२, पनौतीमा ८, नमोबुद्धमा ४, बेथानचोकमा ६, चौरीदेउराली ३, भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ६०० पुगेको कार्यालयले जनाएको छ।

१६९ जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा १६९ जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १८ हजार ६८८ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस