काभ्रेमा आज ५९ जना संक्रमित थपिए, १६ जना निको भए

१०६० जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ श्रावण १५, शुक्रबार मा प्रकाशित ८०८ पटक पढिएको

काभ्रेमा आज ५९ जना संक्रमित थपिए, १६ जना निको भए

साउन १५, काभ्रे। काभ्रेमा ५९ जना संक्रमित थपिएका छन्। आज (शुक्रबार) जिल्लाभर १६ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ७३१ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित धुलिखेल नगरपालिकामा रहेका छन्। क्रमश: धुलिखेलमा नगरपालिकाभर १६८ जना, पनौतीमा १६२, बनेपामा १४४, पाँचखालमा १३९,  नमोबुद्धमा ४५, मण्डनदेउपुरमा २४ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि १८ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका ५९ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट धुलिखेलमा नगरपालिकामा १८ जना, बनेपा १४, पनौतीमा १, पाँचखालमा ५, रोशी गाउँपालिकामा १, बेथानाचोकमा १, भुम्लुमा १ जना, तथा एन्टीजेन परिक्षणबाट बनेपामा १४, नमोबुद्धमा ४ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ६५९ पुगेको कार्यालयले जनाएको छ।

१०६० जनाले लगाए खोप

काभ्रेमा आज विभिन्न पालिकामा गरी जम्मा १ हजार ६० जनाले जोन्सन एण्ड जोन्सनको खोप लागेका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या हालसम्म १९ हजार ७५५ जना रहेको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस