लेदोसहितको मेलम्चीको बाढीमा बगे ६० घर टहरा

नौलो समाचार संवाददाता
२०७८ श्रावण १८, सोमबार मा प्रकाशित ३२७ पटक पढिएको
लेदोसहितको मेलम्चीको बाढीमा बगे ६० घर टहरा
af9Ln] d]nDrLdf !! 3/ Iflt l;Gw’kfNrf]s, !& ;fpg M zlgaf/ /fltb]lv cfPsf] af9Ln] d]nDrL !! 3/ Iflt . t:jL/ M b]j/fh ;’j]bL÷/f;;

साउन १८, सिन्धुपाल्चोक। लेदो भरिएको बाढीका कारण सिन्धुपाल्चोकको  हेलम्बु र मेलम्चीमा गरी ६० घर टहरा बगाएको छ। शनिबारदेखि मेलम्ची खोलामा आएको बाढीले हालसम्म ६० घरटहरा बगाएको हो।

हेलम्बुका किउल, चनौटे, ग्याल्थुम लगागत क्षेत्रमा मात्र ५५ र तालामाराङ र मेलम्चीमा ५ घर टहरा बगाएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार असार १ गतेको जस्तै लेदोसहिताको बढी आएको हो।

असार १ गते आएको भीषण बाढीले क्षति पुगेका घरहरु बाढीले बगाएको हो। उहाँका अनुसार चनौटे ग्याल्थुम र ढुँगे्र बजार जोखिममा छन् । हेलम्बु ४ को ढुँगे्र बजार पनि जोखिममा रहेकाले प्रहरी र सेनाले स्थानियको घरबाट समान सार्न सहयोग गरिरहेका अधिकारीले जानकारी दिनुभयो । उहाँले जोखिम कायमै रहेकाले सजग रहन सम्पुर्णमा आग्रह गर्नुभयो ।

बाढी चनौटे बजार भएर बगिरहेको छ। यसअघिको बाढी पनि यही बजारबाट बगेको थियो। खोलालाई पुरानै धारमा फर्काएर बजार जोगाउन प्रयास भइरहेको थियो।

बाढीले मेलम्ची–१२ मा रहेको मध्य पहाडी लोकमार्ग तथा मेलम्ची, इन्द्रावती, चौतारा र पाँचपोखरीलाई जोड्ने एक मात्र बाहुनेपाटी पुल जोखिममा परेको छ । यसअघि गएको असार १ गतेको बाढीबाट जोगिएको बाहुनेपाटी बजार अहिले भने जोखिममा रहेको छ ।

त्यस्तै बाढीले ४ गोठ, एक पक्की पुल र एक झोलुङ्गे पुल बगाएको छ । त्यस्तै एक फर्निचर उद्योग र रेडियो मेलम्चीको भवन पनि बाढीले बगाएको छ । यस्तै बाढीले हेलम्बुका दुईवटा पक्की पुल र २ वटा घरको अवस्था अज्ञात छ ।

प्रतिक्रिया दिनुहोस