काभ्रेमा आज १०३ जना संक्रमित थपिए, ९३ जना निको भए

नौलो समाचार संवाददाता
२०७८ श्रावण १८, सोमबार मा प्रकाशित ६६९ पटक पढिएको

काभ्रेमा आज १०३ जना संक्रमित थपिए, ९३ जना निको भए

साउन १८, काभ्रे। काभ्रेमा १०३ जना संक्रमित थपिएका छन्। आज (सोमबार) जिल्लाभर ९३ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको हो।

यस्तै आज जिल्लामा ७३७ जना सक्रिय संक्रमित रहेका छन्।

पालिकाहरु मध्ये सबै भन्दा धेरै सक्रिय संक्रमित बनेपा नगरपालिकामा रहेका छन्। क्रमश: बनेपा नगरपालिकाभर १६३ जना, धुलिखेलमा १५९, पनौतीमा १४८, पाँचखालमा १०९, नमोबुद्धमा ४८, मण्डनदेउपुरमा ४३ जना सक्रिय संक्रमित रहेका छन् भने अन्य पालिकाहरुमा ३ देखि २२ जनाको हाराहारीमा संक्रमित रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज काभ्रेमा थपिएका १०३ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपा नगरपालिकामा ३६ जना, धुलिखेलमा १२, मण्डनदेउपुरमा १७, पनौतीमा ९, पाँचखालमा ३, तेमालामा १ जना, तथा एन्टीजेन परिक्षणबाट नामोबुद्धमा १२ जना, रोशी गाउँपालिकामा ९, बनेपामा ३, पाँचखालमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १२ हजार ८३४ पुगेको कार्यालयले जनाएको छ।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस