साउन २२,काभ्रे। जिल्लाको पनौती नगरपालिका वडा नं ८ स्थित खरिबोटका दुग्ध किसानलाई अनुदान रकम वितरण गरिएको छ। खरिबोट दुग्ध उत्पादन सहकारी संस्थामार्फत दूध विक्री गर्दै आएका १०६ किसानले प्रतिलिटर दुई रुपियाँ अनुदान पाएका हुन्।
पनौती नगरपालिका वडा न ८ मा रहेको खरिबोट दुग्ध उतपदन सहकारी संस्था लिमिटेडले शुक्रबार एक कार्यक्रमका बीच उक्त अनुदान रकम वितरण गरेको हो ।
पनौती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्ले, वडा न ८ का वडा अध्यक्ष केशव बन्जारा, कृषि तथा पशुपन्छी शाखाका प्रमुख मणिप्रसाद सापकोटा, वडा न ८ का वडा सचिव भगवान बस्नेत, सहकारीका अध्यक्ष गुरुराज बन्जरा लगायतले अनुदान रकम वितरण गर्नुभएको थियो।
खरिबोट दुग्ध उत्पादन सहकारी संस्थाका व्यवस्थापक एवम् पनौती नगरपालिका वडा न ८ का वडा अध्यक्ष बन्जाराले सहकारी मार्फत एक वर्षमा संकलन भएको तीन लाख १९ हजार १४४ लिटर दूधको दुई रुपैँयाका दरले छ लाख ३८ हजार २८८ रुपैँया बागमती सरकारले अनुदान दिएको रकम वितरण गरेको बताउनुभयो।
बागमती प्रदेश सरकारले प्रोत्साहनमा आधारित दुग्ध किसानलाई अनुदान रकम दिदैँ आएको छ । बागमती प्रदेश सरकारले सहकारी मार्फत दूध विक्री गर्ने किसानलाई प्रतिलिटर दुई रुपियाँ अनुदान दिने गरेको छ । काभ्रेमा सहकारी मार्फत दूध विक्री गर्ने किसानले उक्त अनुदान पाउँदै आएका छन ।
निजी डेरीमा दूध भर्ने किसानले भने त्यो सुविधा पाउँदैनन । दुई रुपैँया अनुदान दिदाँ किसानले फ्याटमा ५७ पैसा पाउने गरेका छन । उक्त सहकारीले किसानलाई अनुदानको रकमबाट स्प्रे पम्प वितरण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस