साउन २५, काठमाडौँ। लोकसेवा आयोगले लिने कुनै पनि परीक्षा स्थगित नहुने आयोगले जनाएको छ ।
आयोगले तालिका प्रकाशित गरिसेकेका कुनै पनि परीक्षा स्थगित नगर्ने आयोगका प्रवक्ता तोयनारायण सुवेदीले जनाकारी दिनुभयो।
उहाँका अनुसार अहिले तालिका प्रकाशित गरेका परीक्षाहरु सञ्चालन भईरहेका छन् । अबका परीक्षाहरु पनि तोकिएकै समयमा हुने उहाँले बताउनुभयो।
आयोगले साउन १५ गतेदेखि प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस