बेथानचोकमा स्वास्थ चौकी र बर्थिङ भवनको उद्घाटन

नौलो समाचार संवाददाता
२०७८ श्रावण २६, मंगलबार मा प्रकाशित ५७१ पटक पढिएको
बेथानचोकमा स्वास्थ चौकी र बर्थिङ भवनको उद्घाटन

साउन २६, काभ्रे। बेथानचोक गाउँपालिकाले वडा नम्बर-१ च्याम्राङ्बेशीस्थित स्वास्थ चौकीका लागि निर्माण गरिएको नव निर्मित भवन उद्घाटन गरिएको छ। सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिना तथा उपाध्यक्ष सरिता लामिछानेले संयुक्त रुपमा भवनको उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी, वडा नम्बर १ का अध्यक्ष सोमनाथ घिमिरे, वडा नम्बर ३ का अध्यक्ष दिल बहादुर श्रेष्ठ, वडा नम्बर २ का कार्यबाहक वडा अध्यक्ष राम प्रसाद अधिकारी, उज्यालो नेपाल संस्थाका अध्यक्ष, अनहर्ट वल्डवाइडका काभ्रे प्रमुख, गाउँपालिका कार्यपालिकाका सदस्यहरु लगायत गाउँपालिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

साथै स्वास्थ चौकी भवनसंगै गाउँपालिका र अनहर्ट वर्ल्डवाइडको संयुक्त लगानीमा पुनःनिर्माण गरिएको बर्थिङ भवनको पनि उद्घाटन गरिएको थियो । बर्थिङ भवनको उद्घाटनका क्रममा बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बर्थिङ भवनका लागि अत्यावश्यक सोलार बत्ति छिट्टै ब्यवस्थापन गर्ने उद्घोष गर्नुभएको थियो ।

स्वास्थ चौकी भवन बेथानचोक गाउँपालिका, जिल्ला समन्वय समिति, काभ्रे र उज्यालो नेपाल संस्थाको संयुक्त लगानीमा निर्माण गरिएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले जानकारी दिनुभएको छ।

सहयोगी संस्थालाई सम्मान पत्र सहित धन्यवाद ज्ञापन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस