काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

नौलो समाचार संवाददाता
२०७८ श्रावण २८, बिहिबार मा प्रकाशित ६७० पटक पढिएको
काभ्रेमा ३ हजार भन्दा बढीले लगाए कोरोना बिरुद्धको खोप, कुन पालिकामा कतिले लगाए ?

साउन २८, काभ्रे। काभ्रेमा आज (बिहीबार)बाट भेरोसेल खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। आज जिल्लाका विभिन्न पालिकामा गरी जम्मा १६ हजार ३३६ जनाले भेरोसेलको खोपको दोस्रो डोज लगाएका छन्।

२०७८ असार २८ गतेदेखि विभिन्न मितिमा भेरोसेलको पहिलो डोज लगाएका सम्पूर्ण नागरिकलाई दोश्रो डोजको खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभएको हो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार पनौती नगरपालिकामा ३ हजार १० जनाले खोप लगाएका छन् भने बनेपामा २७३४ जना, धुलिखेलमा २३२८, पाँचखालमा १६७०, नमोबुद्धमा ११३६, मण्डनदेउपुरमा ११६६, रोशी गाउँपालिकामा ९८२, भुम्लुमा ९५४,  चौरिदेउरालीमा ९२६, तेमालामा ७९६, बेथानाचोकमा ५५६, धुलिखेल आर्मी ब्यारेकमा ७६ जना गरी जम्मा ३ हजार १० जनाले खोप लगाईएको छ।

यस्तै, कोभिशिल्ड खोपको पहिलो मात्रा (डोज) लागएका ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई  दोश्रो डोजको खोप पनि जारी रहेको छ। आज धुलिखेल नगरपालिका र महाभारत गाउँपालिकामा गरी जम्मा १९१ जना जेष्ठ नागरिकले कोभिशिल्ड खोपको दोश्रो मात्रा लगाएका छन्।

२०७७ साल फागुन २३ देखि २९ गतेसम्म कोभिशिल्ड खोपको पहिलो डोज लगाएका जेष्ठ नागरिकलाई दोस्रो डोजको खोप लगाईएको बरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर झाले बताउनुभयो।

स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म कोभिसिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप लगाउनेको संख्या १ लाख ६६ हजार ४७६ जना रहेको छ।

प्रतिक्रिया दिनुहोस