ब्रोईलर कुखुराको मुल्यमा गिरावट

नौलो समाचार संवाददाता
२०७८ श्रावण २९, शुक्रबार मा प्रकाशित ६५५ पटक पढिएको

ब्रोईलर कुखुराको मुल्यमा गिरावट

साउन २९, काभ्रे। ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। ३ दिनको अन्तरालमा प्रति किलोमा २० रुपैयाँ घटेको हो।

राष्ट्रिय कुखुरा बिक्रि व्यवशायी संघका अनुसार आज शुक्रबार बाट लागुहुने गरी जिउदो कुखुराको मूल्य प्रति किलो २४० रुपैयाँ कायम गरिएको छ। यो कोलेस्ट्रोल काटा रेट हो, यो रेट कायम हुदा किसानहरुले प्रति किलो २३० रुपैयाँ पाउने छन्। खोर काटा रेट भने २१० रहनेछ।

माग भन्दा उत्पादन बढेपछी ब्रोईलर कुखुराको मुल्य ओरालो लागेको हो।

चल्लाको मुल्यमा भने कुनै पनि गिरावट आएको छैन।


प्रतिक्रिया दिनुहोस