काभ्रे बेथानचोकको च्यासिंखर्कमा नि:शुल्क आखाँ शिविर, २१० जनाले पाए सेवा

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३१, आईतबार मा प्रकाशित १०९६ पटक पढिएको
काभ्रे बेथानचोकको च्यासिंखर्कमा नि:शुल्क आखाँ शिविर, २१० जनाले पाए सेवा

साउन ३१, काभ्रे। काभ्रेको दक्षिणी भेगमा पर्ने बेथानचोक गाउँपालिका वडा नं. ५, च्यासिंखर्क च्याल्टीमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ।

नि:शुल्क आँखा शिविरबाट २ सय १० जना स्थानीयबासिन्दाले आँखा परीक्षण गराएका छन्।

मरिनोल फादर एण्ड ब्रदर कन्ट्री अफिसर नेपालको सहयोग, संरक्षण तथा विकास संस्था(सिडियो) नेपाल र बेथानचोक गाउँपालिकाको आयोजना तथा वडा नम्बर ५ वडा कार्यालयको समन्वयमा आत्मा विकास मावि च्याल्टीमा शनिबार आँखा शिविर सञ्चालन भएको हो । कोरोनाको महामारीका विच पूर्णरुपमा स्वास्थ्यको मापदण्ड पानाला गर्दै आँखा शिविर सम्पन्न गरीएको हो।

बेथानचोक वडा नम्बर-५ का वडा अध्यक्ष खजेन्ची बहादुर लामाका अनुसार परीक्षण गरेका मध्ये २० जना विरामीको अप्रेशन गर्नुपर्ने देखिएको छ । त्यस्तै ५३ जनालाई चस्मा वितरण गरिएको छ भने २० जनाको मोतियाबिन्दुको बुधवार निशुल्क आँखा अप्रेशन गरिने भएको छ ।

परीक्षण गरिएकोमध्ये अप्रेशन गर्नुपर्नेहरुको रेयुकाई मासुनाका आखाँ अस्पातल बनेपामा सेवा प्रदान हुने वडा अध्यक्ष लामाले बताउनुभयो ।

सिडिओ नेपालका प्रदीप सिंहले परीक्षणको क्रममा अप्रेशन गर्नुपर्नेहरु सबैको संस्थाले निशुल्का अप्रेशन गर्ने तयारीमा जुटीरहेको बताउनुभएको छ । उहाँका अनुसार आखाका बिरामीहरुलाई गाउँदेखि बनेपास्थित अस्पतालसम्म आवतजावत गर्ने व्यवस्थापन गर्नेछ ।

सिडियो नेपालले एक दशक अघिदेखि विभिन्न जिल्लाको ग्रामीण भेगमा निशुल्का स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस