धुलिखेलमा विद्यार्थीलाई पनि कोरोना बिरुद्धको खोप लगाइने

नौलो समाचार संवाददाता
२०७८ श्रावण ३२, सोमबार मा प्रकाशित ५३० पटक पढिएको

धुलिखेलमा विद्यार्थीलाई पनि कोरोना बिरुद्धको खोप लगाइने

साउन ३२, काभ्रे। धुलिखेल नगरपालिकाले त्रि.बि को परिक्षामा सामेल हुने परिक्षार्थीहरुका लागी पनि खोपको व्यवस्था गरेको छ। भदौ १ गते नगर भित्रका रिक्षामा सामेल हुने विद्यार्थीसहित विदेश जाने भिसा लागेका व्यक्ति, निजामती कर्मचारी, दीर्घरोगी, अपाङ्गता भएका नागरिक, शिक्षकहरुलाई एस्ट्राजेनेकाको पहिलो मात्राको खोप दिईने भएको हो।

धुलिखेल नगरपालिकाले आज एक सूचना जारी गर्दै खोप लगाईने स्थान, समय र वडा तोकेको हो। भदौ १ गते धुलिखेल नगरका ९ वटा स्वास्थ्य संस्था मार्फत एस्ट्राजेनेका खोप लगाइने छ।

नगरको ९ वटै वडामा एकैदिन बिहान ११ बजेदेखि ३ बजेसम्म खोप लगाउन समय तोकिएको छ।

सूचनामा यसअघि खोप लगाउन छुटेका निजामती तथा संघसंस्थाका कर्मचारी, दीर्घ रोगी, अपाङ्ग भएका व्यक्तिहरूले समेत पहिलो मात्राको खोप लगाउन पाउने उल्लेख गरिएको छ।

खोप लगाउन जादा अनिवार्य मास्कको प्रयोग गर्न र स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न र तोकिएको आफ्नै वोदाको खोप केन्द्रमा गई खोप लगाउनु पर्नेछ। साथै आफ्नो परिचय खुल्ने नेपाल सरकारले जारी गरेका कुनै पनि पत्र लिएर खोप केन्द्रमा जानु पर्ने छ ।

नगरपालिकाल एजारी गरेको सूचना :-


प्रतिक्रिया दिनुहोस