बनेपामा २७० जना व्यवसायीले लगाए एस्ट्राजेनीकाको खोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र १, मंगलबार मा प्रकाशित ६४३ पटक पढिएको

बनेपामा २७० जना व्यवसायीले लगाए एस्ट्राजेनीकाको खोप

भदौ १, काभ्रे। काभ्रे उद्योग वाणिज्य संघको सहकार्यमा बनेपा नगरपालिकाको सहयोमा आएको २७० डोज एस्ट्राजेनीकाको जापानिज खोप बाणिज्य संघसंग आवद्ध व्यक्तिहरूले लगाएका छन्।

उद्योग वाणिज्य संघ काभ्रेले यस अघि पनि विभिन्न कोभिडसंग प्रत्यक्ष सरोकार राख्ने कार्यक्रमहरु गरि व्यवसायीको हितमा कार्य गरिसकेको वाणिज्यका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।

आज एस्ट्राजेनीकाको खोपले १८ बर्ष समुहदेखि ५५ बर्ष सम्मका व्यक्तिहरू लाभान्वित भएका छन्। व्यवसायीहरु प्रत्यक्ष व्यक्तिहरू संग नजिक भएर व्यपार व्यवसाय गर्नु पर्न वाध्यताले गर्दा खोप अनिवार्य रहेको र खोप लगाउनको लागि पहल गरेको उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पंछसेले बताउनुभयो ।

उद्योग वाणिज्यसंग आवद्ध रहेका २००० भन्दा माथि सदस्य रहेका र पहिलो चरणमा बनेपा नगरपालिकाको सहकार्यमा २७० जनाले खोप लगाएका छन्।
क्रमश अब दोस्रो चरणबाट सबैलाई समेट्ने गरि चाडै नै सहकार्य र पहलमा खोप उपलब्ध गराउने उद्योग वाणिज्य संघ काभ्रेका महासचिव रविन्द्र वैदारले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस