देशभर कोभिडबाट २६ जनाको मृत्यु, २४ सय ३३ संक्रमित थपिए

नौलो समाचार संवाददाता
२०७८ भाद्र १०, बिहिबार मा प्रकाशित ४६० पटक पढिएको
देशभर कोभिडबाट २६ जनाको मृत्यु, २४ सय ३३ संक्रमित थपिए

भदौ १०, काठमाडौं। कोभिड–१९ बाट आज बिहीबार २६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६ सय ३८ पुगेको छ। यो कूल संक्रमितको १ दशमलव ५ प्रतिशत हो।

त्यस्तै आजै २४ सय ३३ संक्रमित थपिएका छन् । जुन पीसीआर परीक्षणको २१ दशमलव १६ प्रतिशत हो। अहिलेसम्म पीसीआर परीक्षणबाट ७ लाख ५४ हजार ९ सय १५ तथा एन्टिजेन परीक्षणबाट ८१ हजार ९ सय ३८ जना संक्रमित पाइएको छ।

आजै १९ सय २९ जना निको भएका छन्। अहिलेसम्म कूल संक्रमितको ९३ दशमलव ५ प्रतिशतलाई मात्र निको भएको छ। अहिलेसम्म ४९ लाख ८६ हजार ८ सय ९३ जनाले कोरोना विरुद्धको खोप लगाएकामा तीमध्ये ३९ लाख ४९ हजार ५ सय २९ जनाले दुवै डोज खोप लगाएका छन् ।

हाल ३८ हजार ३ सय ८४ जना सक्रिय संक्रमित रहेका छन्। जसमा काठमाडौं उपत्यकाका मात्र १० हजार २ सय ८५ जना हुन्। आज मात्रै ७ सय ३३ जना थपिएका छन्। जसमा काठमाडौंका ५ सय ६१, ललितपुरका १ सय ६ तथा भक्तपुरका ६६ जना हुन्।

उपत्यकामा संक्रमित निरन्तर बढिरहे पनि स्थानीय प्रशासनले भने गम्भीर चासो नदिँदा स्थिति भयावह बन्दै गएको छ।

प्रतिक्रिया दिनुहोस