रोशी कटुञ्जेमा पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र १३, आईतबार मा प्रकाशित ६१५ पटक पढिएको
रोशी कटुञ्जेमा पहिरोमा परी मोटरसाइकल चालकको मृत्यु

भदौ १३, काभ्रे। रोशी कटुञ्जेमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ। बी.पी राजमार्ग अन्तर्गत रोशी गाउँपालिका–७ कटुञ्जेमा राजमार्गमाथिबाट पहिरो खस्दा ढुङ्गाले लागेर मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको हो।

आज (आइतबार) कटुञ्जेमा सडकमाथिबाट पहिरो खसेर ढुङ्गाले लाग्दा महोत्तरी जिल्ला रामगोपालपुर घर भएका २८ वर्षीय सरोजकुमार साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

जनकपुरबाट काठमाडौँतर्फ आउँदै गरेको ज. ८ प ७४९० नम्बरको मोटरसाइकलका चालक साह र मोटरसाइकल पछाडि सवार धनुषा रामानन्धचोकका ३० वर्षीय सतिसकुमार साह घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।

घाइते दुवैलाई उपचारका लागि धुलिखेल पठाइएकोमा मोटरसाइकल चालक सरोजकुमारको अस्पताल पुर्र्याए लगत्तै मृत्यु भएको हो।

अर्का घाइते सतिसकुमार साहको भने धुलिखेल अस्पतालमा उपचार भइरहेको छ।

 

प्रतिक्रिया दिनुहोस