१९ कम्पनीको आईपीओ आउँदै, ५ अर्ब ६१ करोड भन्दा बढी लगानी, कुनको कति ?

नौलो समाचार संवाददाता
२०७८ भाद्र १५, मंगलबार मा प्रकाशित ५९९ पटक पढिएको
१९ कम्पनीको आईपीओ आउँदै, ५ अर्ब ६१ करोड भन्दा बढी लगानी, कुनको कति ?

भदौ १५, काठमाडौं। नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने भएको छ।

धितोपत्र बोर्डका अनुसार १९ वटा कम्पनीको ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको छ ।पाइपलाइनमा रहेका कम्पनीका सबैभन्दा बढी जलविद्युत कम्पनी रहेका छन्।

जलविद्युत कम्पनीपछि माइक्रोफाइनान्स कम्पनी, बीमा कम्पनी र अन्य कम्पनी रहेका छन्। बोर्डका अनुसार जलविद्युत कम्पनी ११, बीमा कम्पनी २, माइक्रोफाइनान्स कम्पनी ४ र अन्य २ वटा कम्पनी रहेका रहेका छन्।

जलविद्युत कम्पनीमा पनि केहीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि, केहीले स्थानीय र सर्वसाधारण दुवैको लागि साधारण सेयर निष्काशन गर्ने भएका छन् । हाल बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले स्वीकृत पाएपछि आइपीओ निष्काशन गर्नेछन्।

आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन्। रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ।

त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ।

पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आइपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ ।

आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस