एकै हप्तामा २ पटक घट्यो ब्रोईलर कुखुराको मूल्य

नौलो समाचार संवाददाता
२०७८ भाद्र १८, शुक्रबार मा प्रकाशित १०५४ पटक पढिएको

एकै हप्तामा २ पटक घट्यो ब्रोईलर कुखुराको मूल्य

भदौ १८, काभ्रे। आपूर्तिको तुलनामा माग नभए पछि ब्रोईलर कुखुराको मासुको मूल्यमा गिरावट आएको छ। मासुको मूल्य घट्दा उपभोक्तालाई राहत भए पनि किसान भने मारमा परेका छन्।

ब्रोईलर कुखुराको मुल्यमा गिरावट आएको छ। हप्तादिनमा ३ दिनको अन्तरालमा प्रति किलोमा २० रुपैयाँ घटेको हो।

राष्ट्रिय कुखुरा बिक्रि व्यवशायी संघका अनुसार आज शुक्रबार बाट लागुहुने गरी जिउदो कुखुराको मूल्य प्रति किलो २३० रुपैयाँ कायम गरिएको छ। यो कोलेस्ट्रोल काटा रेट हो, यो रेट कायम हुदा किसानहरुले प्रति किलो २२० रुपैयाँ पाउने छन्। खोर काटा रेट भने २०० रहनेछ।

माग भन्दा उत्पादन बढेपछी ब्रोईलर कुखुराको मुल्य ओरालो लागेको हो।

चल्लाको मुल्यमा भने कुनै  पनि गिरावट आएको छैन।

पछिल्लो विवरण अनुसार किसानले लागतको तुलनामा प्रतिकिलो ९५ रुपैयाँसम्म नोक्सानी व्यहोर्नु परेको छ।

होटल, रेष्टुरेन्ट, विद्यालय, क्याम्पस, बजार पूर्णरुपमा नखुल्दा खपत बढ्न नसकेको अवस्थामा ह्याचरी उद्योगी, विदेशबाट फर्किएका लगायत अन्य व्यवसाय गर्नेहरुले समेत बजारको मागलाई ध्यान नै नदिइ बोइलर​ कुखुरा पालेका कारण उत्पादन बढेको संघको भनाइ छ।


प्रतिक्रिया दिनुहोस