थपिए १२ सय ६८ संक्रमित, ९ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र १९, शनिबार मा प्रकाशित ४७९ पटक पढिएको
थपिए १२ सय ६८ संक्रमित, ९ जनाको मृत्यु

भदौ १९, काठमाडौं। नेपालमा थप १२ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा ९ हजार ८७५ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा १२ सय ६८ जनाको नतिजा पोजिटिभ आएको हो।

६ हजार ७५३ नमुनाको पीसीआर परीक्षण गर्दा १ हजार २४ र ३ हजार १२२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा २४४ जनामा संक्रमण देखिएको हो।

पछिल्लो २४ घण्टामा ६ हजार ७५३ जनाको पिसिआर र ३ हजार १२२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै, पछिल्लो २४ घण्टामा २१ सय ९५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्।

कोरोना संक्रमणबाट थप ९ जनाले मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।

हाल सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ।

काठमाडौं उपत्यकामा ३८६ जना संक्रमित थपिएका छन्। काठमाडौंमा २८९, ललितपुरमा ५३ र भक्तपुरमा ४४ जना संक्रमित थपिएका हुन्।

प्रतिक्रिया दिनुहोस