अविरल वर्षाका कारण बनेपा क्षेत्र डुबानमा (तस्विर)

नौलो समाचार संवाददाता
२०७८ भाद्र २१, सोमबार मा प्रकाशित ६४३ पटक पढिएको
अविरल वर्षाका कारण बनेपा क्षेत्र डुबानमा (तस्विर)

भदौ २१, काभ्रे। गएराती देशभरमा वर्षा भइरहेको छ। लगातारको वर्षाका कारण काभ्रेका बिभिन्न ठाउँहरु डुवानमा परेका छन् भने नदीहरुमा पानी वहाव बढेको छ। सडकहरु जलमग्न भएका छन्।

उता दोलालघाट र चाखोलामा पनि पानीको बहाव उच्च भएको छ। दोलालघाट र चाखोला छेउ-छाउमा रहेको घरहरू डुवानमा परेका छन्।

अविरल वर्षाका कारण ठाउँठाउँमा जमेका पानीले दुईपाङ्ग्रे सवारी तथा साना गाडीहरुलाई आवतजावतमा समस्या भएको छ।

रातभरको अबिरल बर्षाको कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेको छ। डुबानका कारण अरनिको राजमार्गमा यातायात समेत अवरुद्ध भएको छ। यस्तै पनौतीतर्फ जाने पुण्यमाता पुल क्षेत्र, श्रीखण्डपुर क्षेत्र डुवानमा परेका छन्।

होचो भु-भागमा रहेका घरका पहिलो तल्लासम्म डुबेका छन्। खोला अतिक्रमण गरी भौतिक संरचना निर्माण गरिएको कारण साँघुरिएको खोलामा पानीको सतह बढ्दा पुलबजार क्षेत्र सधै डुबानमा पर्ने गरेको छ। केही साना सवारीधन समेत डुबेका छन्।

photo: Devraj kc and social media

प्रतिक्रिया दिनुहोस