काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

नौलो समाचार संवाददाता
२०७८ भाद्र २१, सोमबार मा प्रकाशित ५८० पटक पढिएको
काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज राति पनि ठूलो पानी पर्ने सम्भावना

भदौ २१, काठमाडौं। काठमाडौं उपत्यका र आसपास आज राति पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

आज साेमवार दिउँसो काठमाडौं उपत्यकाको तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेर पानी पार्ने स्थानीय प्रणालीको विकास भइरहेकाले राति पनि वाग्मतीलगायत प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो ।

हिजाे आइतवार राति पनि काठमाडौं उपत्यका सहित आसपासका जिल्लामा ठूलो पानी परेको थियो । ठूलो पानी परेर डुबान हुँदा प्रभावित भएको जनजीवन सामान्य बन्दै गएको छ । आज बिहान थुप्रै सडकमा पानी जमेका कारण आवतजावतमा समस्या भएको थियो । अहिले सडकमा जम्मा भएको पानी बगेपछि आवतजावत सहज बनेको हो ।

यस्तै वाग्मतीलगायतका नदी करिडोरका बस्तीमा पानी पसेकोमा अहिले घटेको छ । हिजाे राति वागमती, विष्णुमति, धोबीखोला लगायतका नदीमा आएको बाढीले काठमाडौंमा अहिलेसम्म चार सयभन्दा धेरै घर डुबानमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस