थप २० को मृत्यु, १ हजार ८९७ जनामा संक्रमण

नौलो समाचार संवाददाता
२०७८ भाद्र २१, सोमबार मा प्रकाशित ३९४ पटक पढिएको
थप २० को मृत्यु, १ हजार ८९७ जनामा संक्रमण

भदौ २१, काठमाडौं। नेपालमा कोरोना संक्रमणवाट थप २० जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ९७ जनामा संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा थप १५ हजार ९ सय ९७ जनामा भएको परीक्षणमा ११ दशमलव ८७ प्रतिशत व्यक्तिमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज काठमाडौ उपत्यकामा ६ सय २ जनामा संक्रमण देखिएको छ ।

जसमा काठमाडौमा ४ सय १४, ललितपुरका ८७ र भक्तपुरका १ सय १ जना रहेका छन् । उपत्यकापछि झापा , चितवन र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ । परीक्षणको तुलनामा भने गण्डकी र सुदुरपश्चिम प्रदेशमा बढी संक्रमित भेटिएका हुन् ।

२४ घण्टाभित्र थप १७ सय ४३ जना संक्रमण मुक्त भएका छन् । देशभर हाल ३० हजार ९ सय ७३ जना संक्रिय संक्रमित छन् । तीमध्ये ५ सय २३ आइसियू र १ सय ६२ जनाको भेन्टिलेटरमा उपचार भईरहेको छ । १८ जिल्लामा ५ सय माथि संक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस