काभ्रेमा आज ३० जना निको हुदा २४ जना संक्रमित थपिए

१ हजार ७८७ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र २२, मंगलबार मा प्रकाशित ५८६ पटक पढिएको
काभ्रेमा आज ३० जना निको हुदा २४ जना संक्रमित थपिए

भदौ २२, काभ्रे। काभ्रेमा आज ३० जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर २४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा २७५ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका २४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ४ जना, धुलिखेलमा ५, पनौतीमा ६, पाँचखालमा २, नमोबुद्धमा १, महाभारतमा १ जना तथा एन्टीजेन परिक्षणबाट पाँचखालमा ३, बनेपामा २ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३५९ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी १ हजार ७८७ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ४५ हजार ८८२ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस