काभ्रेमा आज ३१ जना निको हुदा ४ जना संक्रमित थपिए

१ हजार ८६४ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ५१३ पटक पढिएको
काभ्रेमा आज ३१ जना निको हुदा ४ जना संक्रमित थपिए

भदौ २३, काभ्रे। काभ्रेमा आज ३१ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर ४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा २४८ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा १ जना, मण्डनदेउपुर १,  महाभारतमा १ जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३६३ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी १ हजार ८६४ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ४७ हजार ७४६ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस