पाँचखालमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

नौलो समाचार संवाददाता
२०७८ भाद्र २३, बुधबार मा प्रकाशित ९३७ पटक पढिएको

पाँचखालमा सवारी दुर्घटना, मोटरसाइकल चालकको मृत्यु, एक गम्भीर घाइते

भदौ २३, काभ्रे । पाँचखालमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। पाँचखाल नगरपालिका वडा नं ८ स्थित ५२ किलोमा भएको दुर्घटनामा घटनास्थलमा मोटरसाईकल चालकको मृत्यु भएको हो।

मृतक रामेछाप जिल्ला मन्थली नगरपालिका बस्ने कुमार आले मगर रहेको प्रहरीले जानकारी दिएको छ।

काठमाडौबाट दोलालघाट तर्फ जादै गरेको ना ५ ख ७५२७ नम्बरको भ्यान र दोलालघाटबाट पाँचखाल तर्फ आउदै गरेको बा ३३ प ६३८२ मोटरसाईकल एक आपसमा ठोक्किएको थियो।

मोटरसाईकलको पछाडी सवार रामेछाप गुन्सी भदौरे गाउँपालिका–९ घर भई हाल दोरम्बा गाउँपालिका–५ बस्ने अन्दाजी २२ वर्षीया सपना तामाङ गम्भिर घाईते भई धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न कन्टेनरका चालक प्रहरीको नियन्त्रणमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस