काभ्रेमा आज ११ जना संक्रमित थपिए, ९ जना निको भए

५२३ जनाले खोप लगाए
नौलो समाचार संवाददाता
२०७८ भाद्र २४, बिहिबार मा प्रकाशित ७६४ पटक पढिएको

काभ्रेमा आज ११ जना संक्रमित थपिए, ९ जना निको भए

भदौ २४, काभ्रे। काभ्रेमा आज ११ जना संक्रमित थपिएका छन्। आजै जिल्लाभर ९ जना संक्रमित निको भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा २५० जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित बढेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ११ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा २ जना, धुलिखेलमा ५, पनौतीमा १, पाँचखालमा २ जना जना तथा एन्टीजेन परिक्षणबाट बनेपामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ३७४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी ५२३ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ४८ हजार २६९ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस