एमालेको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश, भ्रमण भत्ता कटौती गरी कोरोनाको खोप किन्न विनियोजन

नौलो समाचार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित ५०७ पटक पढिएको
एमालेको नाराबाजीबीच संसदमा बजेट अध्यादेश प्रतिस्थापन विधेयक पेश, भ्रमण भत्ता कटौती गरी कोरोनाको खोप किन्न विनियोजन

भदौं २५, काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच संसदमा अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पेश गर्नुभएको छ।

शुक्रबार बसेको प्रतिनिधि सभाको तेस्रो बैठक शुरु हुनासाथ एमाले सांसदहरुको वेल घेराउकै बीच मर्यादापालकहरुको सुरक्षा घेराबाट रोष्टममा पुग्नुभएका अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेश गर्नुभएको हो ।

विधेयक पेश गर्दै मन्त्री शर्माले बैठक तथा भ्रमण भत्ता र तालिमका लागि छुट्याएको बजेट कटौती गरेको र यसरी कटौती गर्दा बचत भएको ५ अर्ब रुपैयाँ कोरोना खोपका लागि छुट्याइएको मन्त्री जानकारी दिनुभयो ।

यसैगरी, सरकारले सरकारले दीर्घ रोगीहरूलाई मासिक ५ हजारका दरले रकम दिने जनाएको छ । मन्त्री शर्माले सरकारले क्यान्सर, मिर्गौला रोगलगायतका गम्भीर प्रकृतिका बिरामीलाई मासिक पाँच हजार रकम दिन लागेको बताउनुभयो ।

यसैगरी, कोभिडका कारण रोजगारी गुमाएका पाँच लाख विपन्न परिवारलाई १० हजार रुपैयाँका दरले नगद अनुदान दिने सरकारले जनाएको छ । स्थानीय तहको समन्वयमा उक्त रकम उपलब्ध गराइने उहााले उल्लेख गर्नुभयो ।

यसैगरी, राजनीतिक परिवर्तनको आन्दोलनमा बलिदान गर्नेहरुलाई मासिक ३ हजार रुपैयाँ भत्ता दिने घोषणा पनि गरिएको छ । मन्त्री शर्माले शहीद परिवारलाई ३ हजार भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस