अर्थमन्त्रीद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

नौलो समाचार संवाददाता
२०७८ भाद्र २५, शुक्रबार मा प्रकाशित ४०९ पटक पढिएको
अर्थमन्त्रीद्वारा प्रतिस्थापन विधेयक प्रस्तुत, १६ खर्ब ३२ अर्बको बजेट

भदौ २५, काठमाडौं। प्रमुख प्रतिपक्षी दलको अवरोधकाबीच अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिसभाको बैठकमा बजेट पेश गर्नुभएको छ।

आज शुक्रबार बसेको प्रतिनिधिसभाको तेस्रो बैठकमा अर्थमन्त्री शर्माले आर्थिक विधेयक २०७८, विनियोजन विधेयक २०७८ र राष्ट्र ऋण विधेयक २०७८ सभासमक्ष पेश गर्नुभएको हो। विधेयकमार्फत उहाँले १६ खर्ब ३२ अर्बको बजेट पेश गर्नुभएको छ।

यस्तै सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। चैतसम्म सबैको खोप पाउने र त्यसपछि आर्थिक गतिविधि बढ्न गइ ७ प्रतिशतले वृद्धि हुने अर्थमन्त्री शर्माको अनुमान छ।

अर्थमन्त्रीले विधेयक पेश गरेसँगै तीन जना सभासद र पूर्व सांसदहरूको शोक प्रस्ताव पारित गर्दै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस