जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस सम्पन्न

नौलो समाचार संवाददाता
२०७८ भाद्र २६, शनिबार मा प्रकाशित ६९५ पटक पढिएको
जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस सम्पन्न

भदौ २६, काभ्रे। जिल्ला सहकारी संघ काभ्रेको ४० औं वार्षिक साधारण सभा तथा ५४ औं स्थापना दिवस विशेष कार्यक्रमका साथ बनेपामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष ओमदेवी मल्ल, अतिथिहरु राष्ट्रिय सहकारी बैंकका सञ्चालन ज्ञानबहादुर लामा, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरि केसी, बागमति प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटा, पूर्व अध्यक्ष तथा सल्लाहकार विनोद पराजुली लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष दिलिप शर्माले गर्नुभएको थियो।

कार्यक्रममा वार्षिक नीति, योजना तथा कार्यक्रम अध्यक्ष दिलिप शर्माले, वार्षिक प्रगति प्रतिवेदन सचिव निरञ्जन विष्टले, आर्थिक प्रतिवेदन कोषाध्यक्ष राजन शाक्यले, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन लेखा तथा सुपरिवेक्षण समितिका संयोजक शम्भुलाल श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा संरक्षित पूँजी फिर्ता कोषबाट उत्कृष्ट हुने ६ वटा संस्थालाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सारथी बहुउद्देश्यीय सहकारी संस्था धुलिखेल, सेवानुङ साकोस बनेपा, मोडेल साकोस बनेपा, कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लि. चौरीदेउराली, सामुदायिक साकोस पनौती, ज्योति मिर्मिरे सामुहिक साकोस पनौती रहेका छन् ।

त्यस्तै, कार्यक्रममा कोपरेटिभ म्यानेजर्स क्लब, काभ्रेलाई सम्मान गरिएको थियो । साथै बागमति प्रदेश बचत तथा ऋण सहकारी संघमा काभ्रेबाट नेतृत्व गर्ने पदाधिकारी, प्रदेश सहकारी संघमा जिल्लाबाट नेतृत्व गर्ने पदाधिकारी र नेपाल पत्रकार महासंघ, काभ्रे शाखाबाट निर्वाचित सम्पूणर् पदाधिकारीहरुलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस