संसदमा एमालेको अवरोधपछि सभामुखद्वारा सर्वदलीय बैठक आव्हान

नौलो समाचार संवाददाता
२०७८ भाद्र २७, आईतबार मा प्रकाशित ३१० पटक पढिएको

संसदमा एमालेको अवरोधपछि सभामुखद्वारा सर्वदलीय बैठक आव्हान

भदौ २७, काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले भदौ २८ गते सोमबार साढे २ बजेका लागि सर्वदलीय बैठक आव्हान गर्नु भएको छ।

संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष र प्रमुखहररुसँग समसामयिक विषयमा छलफल गर्न सर्वदलीय बैठक सभामुखले आह्‍वान गर्नुभएको हो।

एमाले सांसदले निरन्तर संसद बैठक अवरोध गर्दै आएका छन् । एमालेले २३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आइरहेको छ। एमालेको अवरोधमा सहमति र संवादबाट विवाद समाधान गर्न सभामुखले आग्रह गर्नुभएको छ।

एमालेको अवरोधपछि मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित भएको छ। सोही विषयमा छलफलको लागि सभामुखले सर्वदलीय बैठक बोलउनुभएको हो।


प्रतिक्रिया दिनुहोस