काभ्रेमा आज ३९ जना निको हुदा, २ संक्रमित थपिए

१ हजार १२४ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र २७, आईतबार मा प्रकाशित ३९१ पटक पढिएको

काभ्रेमा आज ३९ जना निको हुदा, २ संक्रमित थपिए

भदौ २७, काभ्रे। काभ्रेमा आज ३९ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर २ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १८७ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका २ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट पनौतीमा १, भुम्लुमा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४०४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी १ हजार १२४ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५० हजार २५२ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस