एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

नौलो समाचार संवाददाता
२०७८ भाद्र २७, आईतबार मा प्रकाशित ४०७ पटक पढिएको
एक साताभित्र ४४ लाख डोज ‘भेरोसेल खोप’ नेपाल आउँदै

भदौ २७, काठमाडौं। सरकारले चीनसँग खरिद गरेको ४४ लाख डोज भेरोसेल खोप यही साताभित्र आउने भएको छ।

व्यवस्थापन महाशाखाका आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङ्गानाले खरिद गरिएको ६० लाख डोज खोप मध्ये ४४ लाख डोज भदौ ३१ गते सम्म ल्याउने तयारी भएको जानकारी दिनुभयो।

६० लाख मध्ये १६ लाख डोज खोप भदौ ५ र ६ गते ल्याईएको थियो। खोप भण्डार गर्ने क्षमता विस्तार भएका कारण एकै पटक ४४ लाख डोज ल्याउने निर्णय गरिएको शाखा प्रमुख ढुंगानाले बताउनुभयो।

सरकारले चीनसँग ७४ लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ।

नेपालमा हाल सम्म १७ प्रतिशत व्यक्तिले भाइरस विरुद्धको पूर्ण खोप लगाएका छन् भने १९ प्रतिशतले पहिलो डोज पुरा गरेका छन्। सरकारले असोज महिनासम्म कुल जनसंख्याको ३३ प्रतिशत व्यक्तिलाई पूर्ण खोप लगाईसक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस