एमसीसीविरुद्ध राप्रपा र नेकपा विप्लवको विशाल प्रदर्शन

नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित ९१५ पटक पढिएको
एमसीसीविरुद्ध राप्रपा र नेकपा विप्लवको विशाल प्रदर्शन

भदौ २८, काठमाडौँ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि आज (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्।

नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले एमसीसी पारित गर्ने मुर्खता गरे देशभर आन्दोलन चर्काउने नेकपाले चेतावनी दिँदै आएको छ।

र्‍याली पछी खुलामञ्चमा नेकपाले सभा गरेको थियो। विरोध कार्यक्रममा अन्य राजनीतिक दल तथा संघ संगठनसमेत सहभागी भएका थिए।

एमसीसीविरुद्ध राप्रपा सडकमा

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। राप्रपा निकट युवाहरुले आज सोमबार दिउँसो काठमाडौँको माइतीघर मण्डलामा एमसीसीविरुद्ध प्रदर्शन गरेका हुन्।

उनीहरुले एमसीसी खारेज गर्न माग गरेका छन्। एमसीसी नेपालको हितमा नभएको भन्दै राप्रपाले प्रदर्शन गरेको हो।

पछिल्लो समय विभिन्न राजनीतिक दलहरुका साथै विभिन्न संघ संगठनहरुले एमसीसीको विरोधमा प्रदर्शन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस