काभ्रेमा आज १९ जना निको हुदा, १४ संक्रमित थपिए, १ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित ६२१ पटक पढिएको

काभ्रेमा आज १९ जना निको हुदा, १४ संक्रमित थपिए, १ जनाको मृत्यु

भदौ २८, काभ्रे। काभ्रेमा आज १९ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर १४ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १८२ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १४ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ५ जना, धुलिखेलमा १, नमोबुद्धमा १, पाँचखालमा २, बेथानाचोकमा १, चौरिदेउरालीमा १ जना तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा २ र बनेपामा १ जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४१९ पुगेको कार्यालयले जनाएको छ।

१ जनाको मृत्यु 

कोरोना संक्रमणका कारण काभ्रेमा आज एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार बनेपा ८ का ६७ वर्षीय पुरुषको उपचारका क्रममा धुलिखेल अस्पतालमा आज मृत्यु भएको हो।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी ६९१ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५० हजार ९४३ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस