आफुहरु काँग्रेसमै रहेको मण्डनदेउपुरका काँग्रेस कार्यकर्ताहरुको स्पष्टोक्ति, बास्कोटा निवासबाट भ्रम फैलाईएको आरोप

नौलो समाचार संवाददाता
२०७८ भाद्र २८, सोमबार मा प्रकाशित १०३८ पटक पढिएको

आफुहरु काँग्रेसमै रहेको मण्डनदेउपुरका काँग्रेस कार्यकर्ताहरुको स्पष्टोक्ति, बास्कोटा निवासबाट भ्रम फैलाईएको आरोप

भदौ २८, काभ्रे। नेपाली काँग्रेस मण्डनदेउपुर नगरपालिकाले वडा नम्बर-११ जैसीथोकका नेपाली काँग्रेस कार्यकर्ताहरुले आफूहरु काँग्रेस मै रहेको बताएका छन्। आइतबार नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले आफ्नो घर लोकन्थलीमा बोलाएर निवासमा स्वागत छ भन्दै टिकाखादा लगाएको फोटोलाई काँग्रेस छाडेर एमालेमा प्रवेश गरेको भन्दै प्रचार गरेपछि काँग्रेस कार्यकर्ताले उक्त भ्रममा नपर्न अपिल गरेका छन्।

बाँस्कोटाले मण्डनदेउपुरका मेयर टोकबहादुर वाइवाले जैसीथोकको विकास निर्माणमा चरम भष्ट्रचार गरेको र स्थानीयको चासो कम भएको भनि छलफलका लागि बोलाएको भन्दै सुमन तामाङले काँग्रेस कार्यकर्तालाई बाँस्कोटाको घर पु¥याएको सुशान तामाङले जानकारी दिनुभयो। “हामी विकास निर्माणको छलफलका लागि गएका थियौ, त्यहाँ पुगेपछि बाँस्कोटाले हामीहरुलाई खादा लगाइदिनुभयो, त्यसपछि परिचय हुँदा हाम्रो नाम टिपेर राखिएको थियो। पछि न्युजमा त काँग्रेस छाडेर एमालेमा प्रवेश भन्ने पो देख्दा अचम्म लाग्यो”, तामाङले भने।

काँग्रेस छाडेर एमाले गएको भनि प्रचार गरिएका सुशान तामाङ, तिलकबहादुर तामाङ, कृष्णबहादुर तामाङ, सन्तबहादुर तामाङ, पासाङ तामाङले आफूहरुले नेपाली काँग्रेस नछाडेको बताएका छन्। त्यसैगरी जैसीथोककै गणेश तामाङ, सत्यमान तामाङ, तीर्थबहादुर तामाङले पनि आफूहरु काँग्रेसमै रहेको विज्ञप्ती मार्फत जनाएका छन्।

उनीहरुले एमाले नेता एवम् पूर्व मन्त्री बाँस्कोटाले आफ्नो चरित्र हत्या गरेको भन्दै आफूहरु एमालेले गरेको भ्रमबाट मुक्त भै आफूहरुको आस्था र विश्वासको पार्टी नेपाली काँग्रेसमा मै रहेको घोषणा गरेका छन्।

प्रवेश गरिएका भनिएका काँग्रेस कार्यकर्ताहरुले आज (सोमबार) महासमिति सदस्य ठाकुरप्रसाद न्यौपाने र मण्डनदेउपुर नगरपालिका वडा नम्बर-११ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बन्नुभएका दिपेन्द्र लामा समक्ष आफूहरु काँग्रेस मै रहेको भन्दै विज्ञप्ती निकाल्नुभएको थियो।


प्रतिक्रिया दिनुहोस