बेथानाचोकमा जनप्रतिनिधिले घर-घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरे

नौलो समाचार संवाददाता
२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ६४९ पटक पढिएको
बेथानाचोकमा जनप्रतिनिधिले घर-घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरे

भदौ २९, काभ्रे। बेथानाचोकमा जनप्रतिनिधिले घर घरमा पुगेर अपाङ्गता परिचयपत्र वितरण गरेका छन्। बेथानचोकका जनप्रतिनिधि र डाक्टरको टोलीले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता परिचयपत्र वितरण गरेको हो।

गाउँपालिका उपाध्यक्ष सरिता लामिछाने तामाङको प्रत्यक्ष उपस्थितिमा महिला बालबालिका शाखा प्रमुख र बेथानचोक अस्पतालका डाक्टर मार्फत पुर्ण रुपमा अशक्त र अपांगता भएका वडाहरुका जनताको घरमै पुगेर स्वास्थ्य परिक्षण गरि अपाङ्गता परिचयपत्र वितरण गरिएको हो।

गाउँपालिकाले बर्सेनि संम्बन्धित वडा र कार्यालयसम्म आउन नसक्ने जनताको घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै अपाङ्गता परिचयपत्र उपलब्ध गराउदै आएको गाउँपालिका सूचना अधिकारी इन्जिनियर ज्ञान प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो।

उहाँले अशक्त, असहाय र अपाङ्गता भएका जनतालाई स्थानीय सरकार छ भन्ने प्रत्याभूत हुने बिश्वास व्यक्त गर्नुभएको छ। त्यस्तै गाउँपालिकाले बिगतका ४ बर्षमा जनताहरु प्रत्यक्ष लाभान्वित हुने कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राख्दै आएको छ।

प्रतिक्रिया दिनुहोस