थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु

नौलो समाचार संवाददाता
२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ४३४ पटक पढिएको
थपिए १५ सय ६२ संक्रमित, १९ जनाको मृत्यु

भदौ २९, काठमाडौं। पछिल्लो २४ घण्टामा देशभर १५ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्।

१४ हजार ४४३ जनाको नमुना परीक्षण गर्दा १५ सय ६२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ।

त्यस्तै १५ सय ८९ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ।

नेपालमा हाल सक्रिय संक्रमितको संख्या २६ हजार २०२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस