काभ्रेमा आज २२ जना निको हुदा, १७ संक्रमित थपिए

६०६ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र २९, मंगलबार मा प्रकाशित ५०६ पटक पढिएको
काभ्रेमा आज २२ जना निको हुदा, १७ संक्रमित थपिए

भदौ २९, काभ्रे। काभ्रेमा आज २२ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर १७ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १७७ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका १७ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा २ जना, धुलिखेलमा ४, पनौती १, पाँचखालमा २ जना तथा एन्टीजेन परिक्षणबाट नमोबुद्धमा ३, पाँचखालमा ४, पनौतीमा १  जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४३६ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी ६०६ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५१ हजार ५४९ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-

प्रतिक्रिया दिनुहोस