काभ्रेमा आज २९ जना निको हुदा, ८ संक्रमित थपिए

२ हजार २१३ जनाले लगाए खोप
नौलो समाचार संवाददाता
२०७८ भाद्र ३०, बुधबार मा प्रकाशित ४९५ पटक पढिएको

काभ्रेमा आज २९ जना निको हुदा, ८ संक्रमित थपिए

भदौ ३०, काभ्रे। काभ्रेमा आज २९ जना संक्रमित निको भएका छन्। आजै जिल्लाभर ८ जना मात्र संक्रमित थपिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ।

यस्तै आज जिल्लामा १५६ जना सक्रिय संक्रमित रहेका छन्। हिजोको तुलनामा आज सक्रिय संक्रमित घटेका छन्।

यस्तै आज काभ्रेमा थपिएका ८ जना संक्रमित मध्ये पिसिआर परिक्षणबाट बनेपामा ६ जना, पाँचखालमा २ जना जना रहेका छन्।

यसैगरी काभ्रेमा हालसम्म कुल कोरोना संक्रमित संख्या १४ हजार ४४४ पुगेको कार्यालयले जनाएको छ।

कोरोना बिरुद्दको खोप

आज काभ्रेका विभिन्न पालिकामा गरी २ हजार २१३ जनाले भेरोसेलाको पहिलो दोश्रो डोज खोप लगाएका छन्। स्वास्थ्य कार्यालय काभ्रेका अनुसार हालसम्म जिल्लामा विभिन्न चरणका खोप गरी २ लाख ५३ हजार ७६२ जनाले खोप लगाएका छन्।

थप विवरण हेर्नुहोस:-


प्रतिक्रिया दिनुहोस